Genesis 16

Genesis 16:1

अब्रामलाई सन्तान दिन साराईसँग के उपाय थियो?

साराईको दासी हागारबाट सन्तान प्राप्त गर्न साराईले अब्रामलाई आफ्नी कमारीसँग सुत्‍न भनिन् ।

Genesis 16:2

अब्रामलाई सन्तान दिन साराईसँग के उपाय थियो?

साराईको दासी हागारबाट सन्तान प्राप्त गर्न साराईले अब्रामलाई आफ्नी कमारीसँग सुत्‍न भनिन् ।

Genesis 16:4

जब हागारले अब्रामको सन्तान गर्भधारण गरिन्, हागार र साराईका बीचमा के भयो?

हागारले गर्भधारण गरेपछि उसले साराईलाई अपमानको दृष्टिले हेर्न थाली ।

Genesis 16:5

साराईले अब्रामकहाँ के गुनासो लिएर आइन् र अब्रामले कसरी प्रतिक्रिया दिए?

यो अब्रामको गल्ती हो जसले गर्दा हागारले उनलाई घृणा गरिन् भनी साराईले गुनासो लिएर आइन् र हागारसँग जे गर्न उचित लाग्छ त्यही गर्नू भनी अब्रामले साराईलाई भने ।

Genesis 16:6

हागार गर्भवती भएपछि साराईले हागारलाई कस्तो व्यवहार गरिन् र हागारले के गरिन्?

साराईले हागारलाई कठोर व्यवहार गरिन् र हागार भागिन् ।

Genesis 16:9

उजाड-स्थानमा परमप्रभुको दूतले हागारलाई के गर भने?

परमप्रभुको दूतले हागारलाई फर्केर आफ्‍ना मालिक्‍नीकहाँ जान र तिनको अधिकारमा समर्पित भएर बस्‍न भन्‍नुभयो ।

Genesis 16:10

परमप्रभुको दूतले हागारसँग के प्रतिज्ञा गरे?

परमप्रभुको दूतले हागारका सन्तान गन्‍न नै नसकिने गरी धेरै हुनेछन् भनी उनीसँग प्रतिज्ञा गरे ।

Genesis 16:11

हागारलाई किन उनको छोराको नाम इश्माएल राख्‍नु भनियो?

हागारलाई उनको छोराको नाम इश्माएल राख्‍न भनियो किनभने परमप्रभुले उसको दुःख सुन्‍नुभएको थियो ।

Genesis 16:12

इश्माएलले अरू मानिसहरूलाई कस्तो व्यवहार गर्नेछ?

इश्माएल सबै मानिसको विरुद्ध शत्रु हुनेछ र आफ्ना सबै दाजुभाइहरूबाट टाढा बस्‍नेछ ।

Genesis 16:13

हागारले योहोवेलाई के नाउँ दिइन्?

हागारले परमप्रभुलाई "तपाईं मलाई देख्‍नुहुने परमप्रभु हुनुहुन्छ" भनी नाउँ दिइन् ।

Genesis 16:16

इश्माएल जन्‍मदा अब्राम कति वर्षका थिए?

इश्माएल जन्‍मदा अब्राम छयासी वर्षका थिए ।