Genesis 15

Genesis 15:1

जब परमप्रभु अब्रामकहाँ देखापर्नुभयो, उहाँले अब्रामलाई के भनेर प्रोत्साहन दिनुभयो?

परमप्रभुले अब्रामलाई नडरा म नै तेरो ढाल तेरो धेरै महान् इनाम हुँ ।

Genesis 15:2

अब्राम केको बारेमा चिन्तित थिए?

अब्राम चिन्तित थिए किनकी तिनी सन्तानविहीन थिए र तीनको सेवक नै तीनको उत्तराधिकारी थियो ।

Genesis 15:3

अब्राम केको बारेमा चिन्तित थिए?

अब्राम चिन्तित थिए किनकी तिनी सन्तानविहीन थिए र तीनको सेवक नै तीनको उत्तराधिकारी थियो ।

Genesis 15:4

परमप्रभुले अब्रामको उत्तराधिकारी को हुनेछ भन्‍नुभयो?

परमप्रभुले अब्रामको आफ्नै शरीरबाट जन्मिने उनको उत्तराधिकारी हुनेछ भन्‍नुभयो ।

Genesis 15:5

परमप्रभुले अब्रामका कति सन्तान हुनेछ भन्‍नुभयो?

परमप्रभुले अब्रामका सन्तान अनगिन्ती ताराहरूजस्तै हुनेछन् भन्‍नुभयो ।

Genesis 15:6

अब्रामले परमप्रभुको प्रतिज्ञाको कस्तो प्रतिक्रिया दिए र त्यसपछि परमप्रभुले के गर्नुभयो?

अब्रामले परमप्रभुमाथि विश्‍वास गरे र परमप्रभुले यसलाई तिनको धार्मिकताको रूपमा गन्‍नुभयो ।

Genesis 15:8

भूमिबारे अब्रामले परमप्रभुसँग के प्रश्‍न सोधे?

अब्रामले परमप्रभुलाई सोधे, “मैले यो प्राप्‍त गर्नेछु भनी मैले कसरी थाहा पाउने नि?”

Genesis 15:10

त्यसपछि अब्रामलाई ल्याउन भनिएको जनावरलाई उनले के गरे?

अब्रामले जनावरहरूलाई दुई-दुई फ्याक गरेर काटे अनि हरेक फ्याकलाई आमनेसामने गरी राखे ।

Genesis 15:12

जब सूर्य अस्ताउँदै थियो, अब्रामलाई के भयो?

जब सूर्य अस्ताउँदै थियो, अब्राम मस्‍त निद्रामा परे र तिनलाई गाढा र डरलाग्दो अन्धकारले छोप्यो ।

Genesis 15:13

परमप्रभुले अब्रामका सन्तानहरू कतिसम्म दासहरू भई थिचोमिचोमा पर्नेछन् भन्‍नुभयो?

परमप्रभुले अब्रामका सन्तानहरू चार सय वर्षसम्म दास बनाइ‍नेछन् र अत्याचार गरिनेछन् भन्‍नुभयो ।

Genesis 15:14

अब्रामका सन्तानहरूलाई दास बनाउने जातिलाई परमप्रभुले के हुनेछ भन्‍नुभयो?

परमप्रभुले त्यस जातिको न्याय गर्नुहुनेछ भन्‍नुभयो ।

Genesis 15:15

परमप्रभुले अब्रामको जीवन कसरी अन्त्य हुनेछ भन्‍नुभयो?

परमप्रभुले अब्राम उनको वृद्धवस्थामा पूरा उमेर पुगेपाछि शान्तिसित मर्नेछन् भन्‍नुभयो ।

Genesis 15:16

अब्रामका सन्तानहरू उनीहरूलाई प्रतिज्ञा गरेको देशमा फर्कन अघि केले आफ्नो सिमा पार गरेको हुनेछ?

अब्रामका सन्तानहरू फर्कन अघि किनकि एमोरीहरूको अधर्मको सिमा अझै पुगेको छैन ।

Genesis 15:17

अब्रामले तयार गरेको जनावरहरूका टुक्राहरूलाई त्यो रात के भयो?

धूवाँ आइरहेको मकल र बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बिच भएर गयो ।

Genesis 15:18

त्यो दिन परमप्रभुले अब्रामसित के करार बाँध्‍नुभयो?

परमप्रभुले अब्रामका सन्तानहरूलाई यो भूमि दिनुहुनेछ भनी उहाँले अब्रामसित करार बाँध्नुभयो ।

Genesis 15:19

त्यो दिन परमप्रभुले अब्रामसित के करार बाँध्‍नुभयो?

परमप्रभुले अब्रामका सन्तानहरूलाई यो भूमि दिनुहुनेछ भनी उहाँले अब्रामसित करार बाँध्नुभयो ।

Genesis 15:20

त्यो दिन परमप्रभुले अब्रामसित के करार बाँध्‍नुभयो?

परमप्रभुले अब्रामका सन्तानहरूलाई यो भूमि दिनुहुनेछ भनी उहाँले अब्रामसित करार बाँध्नुभयो ।

Genesis 15:21

त्यो दिन परमप्रभुले अब्रामसित के करार बाँध्‍नुभयो?

परमप्रभुले अब्रामका सन्तानहरूलाई यो भूमि दिनुहुनेछ भनी उहाँले अब्रामसित करार बाँध्नुभयो ।