Genesis 13

Genesis 13:1

मिश्र छोडेपछि अब्रामले कहाँ यात्रा गरे?

अब्रामले नेगेवतिर यात्रा गरे ।

Genesis 13:2

अब्रामले आफूसित के बोकेका थिए?

अब्रामले आफूसित धेरै पालिने पशुहरू र प्रशस्त चाँदी र सुन बोकेका थिए ।

Genesis 13:6

अब्राम र लोतका गोठालाहरूका बीचमा किन झगडा भयो?

अब्राम र लोत आफ्नो सारा सम्पत्तिसहित नजिकै सँगै बस्थे जसले गर्दा भूमिले दुवैलाई धान्‍न सकेन यसकारण त्यहाँ झगडा पर्दथ्यो ।

Genesis 13:7

अब्राम र लोतका गोठालाहरूका बीचमा किन झगडा भयो?

अब्राम र लोत आफ्नो सारा सम्पत्तिसहित नजिकै सँगै बस्थे जसले गर्दा भूमिले दुवैलाई धान्‍न सकेन यसकारण त्यहाँ झगडा पर्दथ्यो ।

Genesis 13:9

अब्रामले लोतलाई के प्रस्ताव राखे?

अब्रामले लोतलाई उनी बस्‍ने भूमि रोज्‍नलाई प्रस्ताव राखे र त्यसपछि अब्रामले लोत भन्दा टाढा आफू बस्‍ने ठाउँ फेला पार्नेथिए ।

Genesis 13:10

लोतले कहाँ जान रोजे र किन?

लोतले यर्दनको बेँसीमा बस्‍नलाई पूर्वतिर जान रोजे किनकी त्यो प्रशस्त पानीले भिजेको थियो ।

Genesis 13:11

लोतले कहाँ जान रोजे र किन?

लोतले यर्दनको बेँसीमा बस्‍नलाई पूर्वतिर जान रोजे किनकी त्यो प्रशस्त पानीले भिजेको थियो ।

Genesis 13:12

अब्रामकहाँ बस्थे?

अब्राम कनानको भूमिमा बस्थे ।

Genesis 13:13

सदोममा कस्तो किसिमका मानिसहरू बस्दथे?

सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्‍ट पापीहरू थिए ।

Genesis 13:14

यो समयमा परमप्रभुले अब्रामलाई के दिन्छु भन्‍नुभयो?

अब्राम खडा भएको ठाउँबाट देखिने सारा भूमि उनलाई दिइनेछ भनी परमप्रभुले प्रतिज्ञा गर्नुभयो ।

Genesis 13:15

यो समयमा परमप्रभुले अब्रामलाई के दिन्छु भन्‍नुभयो?

अब्राम खडा भएको ठाउँबाट देखिने सारा भूमि उनलाई दिइनेछ भनी परमप्रभुले प्रतिज्ञा गर्नुभयो ।

Genesis 13:16

परमप्रभुले अब्रामका कति सन्तानहरू हुनेछन् भन्‍नुभयो?

परमप्रभुले अब्रामलाई उनले गन्‍न सक्ने भन्दा बढी "पृथ्वीको धुलो जत्तिकै प्रशस्‍त" उनको सन्तान हुनेछन् भन्‍नुभयो ।

Genesis 13:18

त्यसपछि अब्राम कुन सहरको नजिक गए?

अब्राम हेब्रोनको सहर नजिक गए ।