Genesis 12

Genesis 12:1

अब्राम हारानमा बस्दा परमप्रभुले अब्रामलाई के गर भन्‍नुभयो?

रमप्रभुले अब्रामलाई आफ्नो पिताको घरबाट निस्केर उहाँले देखाउनुहुने मुलुकतिर जा भन्नुभयो ।

Genesis 12:2

परमप्रभुले अब्रामसँग के करार बाँध्नुभयो?

परमप्रभुले अब्रामलाई आशिष् दिनुहुनेछ, तिनीबाट एउटा ठूलो जाति खडा गर्नुहुनेछ र पृथ्वीका सबै परिवारहरू तिनीद्वारा आशिषित् हुनेछन् भनी उहाँले करार बाँध्नुभयो ।

Genesis 12:3

परमप्रभुले अब्रामसँग के करार बाँध्नुभयो?

परमप्रभुले अब्रामलाई आशिष् दिनुहुनेछ, तिनीबाट एउटा ठूलो जाति खडा गर्नुहुनेछ र पृथ्वीका सबै परिवारहरू तिनीद्वारा आशिषित् हुनेछन् भनी उहाँले करार बाँध्नुभयो ।

Genesis 12:5

अब्रामसँग कसले यात्रा गरे?

अब्राम आफ्नी पत्‍नी साराई र तिनका भतिजा लोतसँग यात्रा गरे ।

अब्रामले कुन भूमिमा यात्रा गरे?

अब्रामले कनानको भूमितिर यात्रा गरे ।

Genesis 12:7

जब परमप्रभु अब्रामकहाँ देखापर्नुभयो, उहाँले अब्रामसँग के प्रतिज्ञा गर्नुभयो?

अब्रामको सन्तान कनान देशमा बसोवास गर्नेछन् भनी परमप्रभुले प्रतिज्ञा गर्नुभयो ।

Genesis 12:8

अब्रामले परमप्रभुलाई कसरी आराधना गरे?

अब्रामले परमप्रभुको निम्ति एउटा वेदी बनाएर उहाँको नाउँको पुकारा गरे ।

Genesis 12:10

कनान छोडेपछि अब्रामले कतातिर यात्रा गरे?

कनान छोडेपछि अब्रामले मिश्रतिर यात्रा गरे ।

Genesis 12:12

मिश्र प्रवेश गर्दा अब्राम के कुरामा चिन्तित थिए?

उनकी पत्नी साराई सुन्दरी भएको हुनाले उनलाई लिन मिश्रीहरूले अब्रामलाई मार्नेछन् भनेर अब्राम चिन्तित थिए ।

Genesis 12:13

अब्रामले साराईलाई आफ्नो बारेमा मिश्रीहरूलाई के भन्‍न लगाए?

अब्रामले साराईलाई म अब्रामकी बहिनी हुँ भनी मिश्रीहरूलाई भन्‍न लगाए ।

Genesis 12:15

उनीहरू मिश्रमा प्रवेश गर्दा साराईलाई के भयो?

फारोले साराईलाई आफ्नो घरानामा लगे ।

Genesis 12:17

यो समयमा फारोलाई के भयो?

परमेश्‍वरले फारो र तीनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो ।

Genesis 12:18

फारोले अब्रामलाई के प्रश्‍न सोधे?

अब्रामले आफ्नी पत्नीलाई उसको बहिनी हो भनेर किन झुटो बोलेको भनी फारोले प्रश्‍न सोधे ।

Genesis 12:19

फारोले अब्रामलाई के प्रश्‍न सोधे?

अब्रामले आफ्नी पत्नीलाई उसको बहिनी हो भनेर किन झुटो बोलेको भनी फारोले प्रश्‍न सोधे ।

Genesis 12:20

फारोले अब्राम र साराईलाई के गरे?

फारोले अब्राम र साराईलाई पठाइदिए ।