Genesis 9

Genesis 9:1

जहाजबाट निस्केपछि नोआ र उनका छोराहरूलाई परमेश्‍वरले के भन्‍नुभयो?

परमेश्‍वरले नोआ र उनका छोराहरूलाई फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ भन्‍नुभयो ।

Genesis 9:3

खानलाई परमेश्‍वरले नोआ र उनका छोराहरूलाई के दिनुभयो?

परमेश्‍वरले नोआ र उनका छोराहरूलाई हरिया वनस्पति र सबै चलहल गर्ने जीवित प्राणीहरू खानलाई दिनुभयो ।

Genesis 9:4

परमेश्‍वरले मासु कसरी नखानू भनेर आज्ञा दिनुभयो?

मासु रगतसँगै नखानू भनेर परमेश्‍वरले आज्ञा दिनुभयो ।

रगतमा के हुन्‍छ भनी परमेश्‍वरले भन्‍नुभयो?

परमेश्‍वरले रगतमा जीवन हुन्‍छ भन्‍नुभयो ।

Genesis 9:5

परमेश्‍वरले मानिसको रगत बगाउनेलाई के सजाय हुन्‍छ भनी घोषणा गर्नुभयो?

हरेक जसले मानिसको रगत बगाउँछ उसको पनि रगत बगाइनुपर्छ भनी परमेश्‍वरले घोषणा गर्नुभयो ।

Genesis 9:6

परमेश्‍वरले मानिसको रगत बगाउनेलाई के सजाय हुन्‍छ भनी घोषणा गर्नुभयो?

हरेक जसले मानिसको रगत बगाउँछ उसको पनि रगत बगाइनुपर्छ भनी परमेश्‍वरले घोषणा गर्नुभयो ।

परमेश्‍वरले मानिसलाई कसको स्वरूपमा बनाउनुभयो?

परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।

Genesis 9:9

परमेश्‍वरले पृथ्वीका सबै प्राणीहरूसगँ करारको के प्रतिज्ञा गर्नुभयो?

सबै प्राणीहरू फेरि कहिल्यै प्रलयको पानीले नाश हुनेछैनन् भन्‍ने करारको प्रतिज्ञा परमेश्‍वरले गर्नुभयो ।

Genesis 9:10

परमेश्‍वरले पृथ्वीका सबै प्राणीहरूसगँ करारको के प्रतिज्ञा गर्नुभयो?

सबै प्राणीहरू फेरि कहिल्यै प्रलयको पानीले नाश हुनेछैनन् भन्‍ने करारको प्रतिज्ञा परमेश्‍वरले गर्नुभयो ।

Genesis 9:11

परमेश्‍वरले पृथ्वीका सबै प्राणीहरूसगँ करारको के प्रतिज्ञा गर्नुभयो?

सबै प्राणीहरू फेरि कहिल्यै प्रलयको पानीले नाश हुनेछैनन् भन्‍ने करारको प्रतिज्ञा परमेश्‍वरले गर्नुभयो ।

Genesis 9:13

परमेश्‍वरले उहाँ र पृथ्वीसँग बाँध्‍नुभएको करारको चिन्‍ह के दिनुभयो?

परमेश्‍वरले पृथ्वीसँग बाँध्‍नुभएको करारको चिन्‍हको रूपमा उहाँले बादलमा इन्द्रेणी राख्‍नुभयो ।

Genesis 9:15

परमेश्‍वरले पृथ्वीका सबै प्राणीहरूसँग करारको के प्रतिज्ञा गर्नुभयो?

सबै प्राणीहरू फेरि कहिल्यै जलप्रलयको पानीले नाश हुनेछैनन् भन्‍ने करारको प्रतिज्ञा परमेश्‍वरले गर्नुभयो ।

Genesis 9:16

परमेश्‍वरले उहाँ र पृथ्वीसगँ बाँध्‍नुभएको करारको चिन्‍ह के दिनुभयो?

परमेश्‍वरले बादलमा इन्द्रेणी राख्‍नुभयो जुन उहाँले पृथ्वीसगँ बाँध्‍नुभएको करारको चिन्‍ह भयो ।

Genesis 9:17

परमेश्‍वरले उहाँ र पृथ्वीसगँ बाँध्‍नुभएको करारको चिन्‍ह के दिनुभयो?

परमेश्‍वरले बादलमा इन्द्रेणी राख्‍नुभयो जुन उहाँले पृथ्वीसगँ बाँध्‍नुभएको करारको चिन्‍ह भयो ।

Genesis 9:18

नोआका तीन छोराहरूका नाम के-के थिए?

नोआका तीन छोराहरूका नाम शेम, हाम र येपेत थिए ।

Genesis 9:20

नोआले दाखबारी लगाएपछि उनलाई के भयो?

दाखबारी लगाएपछि, नोआले दाखमद्य पिए र तिनी मातिए ।

Genesis 9:21

नोआले दाखबारी लगाएपछि उनलाई के भयो?

दाखबारी लगाएपछि, नोआले दाखमद्य पिए र तिनी मातिए ।

Genesis 9:23

शेम र येपेतले आफ्ना बाबुको नग्‍नता कसरी ढाके?

शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए ।

Genesis 9:25

हामलाई नोआले के श्राप दिए?

हामलाई नोआले श्राप दिए र भने, "श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।"

Genesis 9:26

नोआले कसलाई आशिष् दिए?

नोआले शेम र येपेत दुवैलाई आशिष् दिए ।

Genesis 9:27

नोआले कसलाई आशीष् दिए?

नोआले शेम र येपेत दुवैलाई आशीष् दिए ।