Genesis 9

Genesis 09 General Notes

Structure and formatting

Some translations prefer to set apart extended quotations, prayers or songs. The ULB and many other English translations indent the lines of 9:6-7, which is the poetic part of the quotation. They also set apart 9:25-27 which contain two quotations.

Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 9:6 and 9:25-27.

Special concepts in this chapter
Man's relationship to animals

There is a noticeable shift in man's relationship with the animals on the earth. Before the flood, there apparently was harmony between man and the animals. After the flood, the animals fear man and man is permitted to eat the animals, something he was not allowed to do previously. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit).

Life in the blood

This chapter introduces the concept that there is life in the blood of an animal and in man. In Hebrew thought, blood represents the life present in a living thing. This is an image used throughout Scripture. (See: /WA-Catalog/ne_tw?section=kt#life and /WA-Catalog/ne_tw?section=kt#blood)

Covenant with Noah

God made a covenant with Noah. This covenant was an unconditional promise God made to never destroy the whole world with a flood. Rainbows are a perpetual sign of this covenant. (See: /WA-Catalog/ne_tw?section=kt#covenant and /WA-Catalog/ne_tw?section=kt#promise)

A father's nakedness

In Noah's culture, it was unacceptable to see a father's nakedness. It was wrong for Ham to show his brothers their father's nakedness. Ham's actions were insulting or disrespectful. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Other possible translation difficulties in this chapter
"Be fruitful, multiply, and fill the earth"

This is a command that God gives. He expects Noah to obey him.

<< | >>

Genesis 9:1

फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ

यो परमेश्‍वरको आशिष् हो । उहाँले नोआ र तिनको परिवारलाई तिनीहरूजस्तै मानिस जन्माउन भन्‍नुभयो ताकि तिनीहरूको सङ्ख्या धेरै होऊन् । "वृद्धि" शब्दले कसरी तिनीहरू "फल्दै-फुल्दै" जानुपर्छ भन्‍ने वर्णन गर्छ । उत्पत्ति १‍ः२८मा तपाईले यी आज्ञाहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublet/WA-Catalog/ne_tm?section=translate#figs-idiom)

जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी ... र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ

डर र त्रास प्राणीहरूमाथि हुनसक्ने भौतिक वस्तुहरूझै लेखक तिनीहरूको बारे बताउछ । अर्को अनुवाद:"हरेक जीवित प्राणी ... र समुद्रका सबै माछा तिमीदेखी त्रसित भई डराउने छन् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिमीहरूको डर र त्रास

मूलतः "डर" र "त्रास" शब्दले एउटै कुरा जनाउँछ र जनावरहरू मानिसजातिदेखि कतिसम्म डराउनेछ भन्‍ने कुरामा जोड दिन्छ । अर्को अनुवाद:"तिमीदेखिको त्रासपूर्ण डर" वा "तिमीदेखिको भयानक डर" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

जमीनमा चलहल गर्ने हरेक जीवित प्राणी

लेखकले सूची बनाउने प्राणीहरूको चारवटा वर्ग मध्येको यो पहिलो हो, र तिनले उल्लेख गर्ने अर्को बाकी प्राणीहरूको साराँश होइन ।

पक्षी

यो उड्ने कुराहरूलाई जनाउने सामान्य शब्दावली हो । उत्पत्ति१‍ः२१मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

जमीनमा घस्रने हरेक जन्तु

यसले सबै प्रकारका साना जनावरहरूलाई समावेश गर्छ । उत्पत्ति१‌‍ः२५मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ती तिमीहरूका हातमा सुम्पिएका छन्

हातले अधिकारलाई प्रतिनिधित्व गर्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद:"ती तिम्रो अधिकारमा दिएको छ ।" वा "मैले ती तिम्रो अधिकारमा राखेको छु ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy and /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 9:3

सामान्य जानकारी

परमेश्‍वर नोआ र तिनका छोराहरूसित निरन्तर बोल्‍नुहुन्छ ।

प्राण ... रगत

अनुवादकले यस्तो पादटिप्पणी थप्‍न सक्छः "रगत प्राणको चिन्ह हो ।" उनीहरूले केहि यस्तो भनेको पादटिप्पणी पनि थप्‍न सक्छन्ः "परमेश्‍वरले मानिसहरूलाई मासुमा रगत अझै भएकै अवस्थामा त्यो नखान आज्ञा गर्दैहुनुहुन्थ्यो । तिनीहरूले पहिले रगत निकाल्नुपर्‍थ्यो ।"

शब्द अनुवाद

Genesis 9:5

सामान्य जानकारी

परमेश्‍वर नोआ र तिनका छोराहरूसित निरन्तर बोल्नुहुन्छ ।

तर तिमीहरूको ... रगतको साटो

यसले मानिसको रगतलाई पशुहरूको रगतसित भेद गर्छ (उत्पत्ति९‍ः४) ।

तिमीहरूको प्राण दिने रगतको साटो

यसले रगत बगाएको, वा खन्याइएको, अथवा पोखाइएको छ भनी सकेंत गरेको छ । अर्को अनुवाद: "यदि कसैले तिमीहरूको रगत बगाउछ" वा "यदि कसैले तिमीहरूको रगत पोखाउछ" अथवा "यदि कसैले तिमीहरूलाई मार्छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit/WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

प्राण

यसले शारीरिक प्राणलाई जनाउँछ ।

म लेखा लिनेछु

यो लेखाले हत्याराको मृत्युलाई जनाउँछ, पैसालाई होइन । अर्को अनुवाद‍ः "तिमीलाई मार्ने जो कोहीसित म हिसाब लिनेछु ।"

हरेक पशुबाट म प्राणको साटो लिनेछु

"तिम्रो प्राण लिने कुनै पनि पशुसित म साटो लिनेछु"

आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु

"अर्को व्यक्तिको हत्या गर्ने जो कोहीसित म साटो लिनेछु"

को हातबाट

यस वाक्यांशले ज्यादै व्यक्तिगत रूपमा व्यक्तिलाई जनाउँछ । अर्को अनुवाद:"त्यही नै मानिसबाट" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

भाइ

यहाँ "भाइ"लाई सामान्य सन्दर्भमा आफन्त, जस्तै एउटै कूल, वंश वा मानिस समूहको सदस्यको रूपमा प्रयोग गरिएको छ ।

जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ

रगत बगाउने कुरा कसैलाई मार्ने कार्यको रूपक हो। यसको अर्थ, यदि एउटा व्यक्तिले कसैलाई मार्छ भने अरू कसैले त्यस हत्यारालाई मार्नुपर्छ । तथापि यस खण्डमा "रगत" ज्यादै महत्त्वपूर्ण छ र यदि सम्भव भए अनुवादमा प्रयोग गरिनुपर्छ । "रगत बगाउँछ" लाई धेरै रगत बगेर मृत्युमा पुगाउने संकेत दिने कुनै शब्दद्वारा अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो

"किनभने परमेश्‍वरले मानिसहरूलाई आफू जस्तै हुन बनाउनुभयो" वा "किनभने मैले मानिसहरूलाई मेरो आफ्नै स्वरूपमा बनाए"

फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ

यो परमेश्‍वरको आशिष् हो । उहाँले नोआ र तिनको परिवारलाई तिनीहरूजस्तै मानिस जन्माउन भन्‍नुभयो ताकि तिनीहरूको सङ्ख्या धेरै होऊन् । "वृद्धि" शब्दले कसरी तिनीहरू "फल्दै-फुल्दै" जानुपर्छ भनी वर्णन गर्छ । उत्पत्ति१‍ः२८मा तपाईले यी कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublet/WA-Catalog/ne_tm?section=translate#figs-idiom)

शब्द अनुवाद

Genesis 9:8

त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो

परमेश्‍वर तिनीहरूसँग अघिबाट नै बोल्दैहुनुहुन्थ्यो । यस वाक्यांशले परमेश्‍वर के बारे बोल्न लाग्‍नुभएको थियो भन्‍ने कुरामा बदलावको चिनो लगाउछ । अर्को अनुवाद‍ः "परमेश्‍वर नोआ र तिनका छोराहरूसँग निरन्तर बोल्‍नुभयो" वा "त्यसपछि परमेश्‍वर निरन्तर बोल्न लाग्‍नुभयो"

मेरो कुरा सुन!

यो वाक्यांश नेपालीमा परमेश्‍वरले नोआ र तिनका छोराहरूले के गर्नुपर्छ भन्‍ने बारे बोल्नुभएको कुरादेखि परमेश्‍वरले के गर्नुहुनेछ भन्‍ने बारेसम्म बोल्नुभएको कुरालाई बदलावको चिनो लगाउन प्रयोग गरिएको छ ।

तिमीहरू ... म मेरो करार स्थापित गर्दै छु

"तिमीहरू ... मेरो बीच करार बाँदध्छु ।" उत्पत्ति ६‌‍ः१८मा जस्तै यसलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद

Genesis 9:11

सामान्य जानकारी

परमेश्‍वर नोआ र तिनका छोराहरूसित निरन्तर बोल्‍नुहुन्छ ।

म मेरो करार तिमीहरूसित स्थापित गर्दछु

"यो भनेर, म मेरो करार तिमीहरूसित बाँदध्छु ।" उत्पत्ति ६‌‍ः१८मा त्यस्तै शब्दहरू कसरी अनुवाद गरिएका छन् हेर्नुहोस् ।

सबै प्राणी

"सबै प्राणी"ले जनाउने सम्भावित अर्थहरू हुन् १) सबै मानव जाति वा २) मानव र जनावर लगायत, सबै शारीरिक प्राणीहरू (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन

"पृथ्वीलाई नाश गर्ने जलप्रलय फेरि कहिल्यै हुनेछैन ।" जलप्रलय हुनेछ तर त्यसले सम्पूर्ण पृथ्वीलाई नाश गर्नेछैन ।

चिन्ह

यसको अर्थ प्रतिज्ञा गरिएको केहि कुराको सम्झौटो हो ।

पुस्तौँको निम्ति ... करार

यो करार नोआ अनि तिनको परिवार र साथै पछि आउने सबै पुस्तालाई लागू हुन्छ ।

शब्द अनुवाद

Genesis 9:14

सामान्य जानकारी

परमेश्‍वर नोआ र तिनका छोराहरूसित निरन्तर बोल्नुहुन्छ ।

इन्द्रेणी देखा पर्छ

इन्द्रेणी कसले देख्‍नेछ भनेर स्पष्‍ट छैन, तर परमप्रभु र मानिसहरूको बीच करार भएको कारण यदि तपाईलाई त्यो को हो जसले इन्द्रेणी देख्‍नेछ भनेर बताउनु छ भने, परमप्रभु र मानिसहरू दुवैको नाउँ लिनु सबै भन्दा राम्रो हुनेछ । यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागिः "इन्द्रेणी देखिनेछ ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

इन्द्रेणी

सूर्य दर्शकको पछाडीबाट चम्कँदा झरिमा देखापर्ने ज्योतिका रंगीन धर्काहरू

म मेरो करारलाई सम्झनेछु

यसको अर्थ परमप्रभुले पहिले बिर्सनुहुनेछ भन्‍ने होइन । अर्को अनुवाद‍ः "म मेरो करारको बारे सोच्‍नेछु ।"

मेरो र तिमीहरू

परमेश्‍वर नोआ र नोआका छोराहरूसँग बोल्दैहुनुहुन्थ्यो ।

हरेक जीवित प्राणी

"सबै प्रकारका जीवित प्राणी।"

सबै प्राणीलाई

सम्भावित अर्थहरू हुन्ः १) सबै मानव जाति वा २) मानव र जनावर लगायत, सबै शारीरिक प्राणीहरू । उत्पत्ति६‍ः१ १मा यो कसरी अनुवाद गरिएको छ हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

शब्द अनुवाद

Genesis 9:16

सामान्य जानकारी

परमेश्‍वर नोआ र तिनका छोराहरूसित निरन्तर बोल्नुहुन्छ ।

सम्झना गर्नलाई

"ताकि म सम्झना गर्नेछु" वा "ताकि म त्यसको बारे सोच्‍नेछु"

परमेश्‍वर र ... सबै जीवित प्राणीबीच

परमेश्‍वर यहाँ बोल्दैहुनहुन्छ । अर्को अनुवाद‍ः "मेरो र ... सबै जीवित प्राणीबीच"

सबै जीवित प्राणी

"सबै प्रकारका जीवित प्राणी।" उत्पत्ति ९‍ः१५मा तपाईले यो कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो

परमेश्‍वर नोआसँग अघिबाट नै बोल्दैहुनुहुन्थ्यो। यस वाक्यांशले परमप्रभुले भन्दैगर्नुभएको कुराको आखिरी भागलाई जनाउँछ । अर्को अनुवाद‍ः "परमेश्‍वरले नोआलाई भनेर सिद्‍ध्याउनुभयो" वा "त्यसैले परमेश्‍वरले नोआलाई भन्‍नुभयो।"

शब्द अनुवाद

Genesis 9:18

सामान्य जानकारी

पद १८-१९ले नोआका तिन छोराहरूलाई प्रस्तुत गर्छ, जो अर्को कथाको मुख्‍य हिस्सा हुनेछ ।

पिता

हाम कनानका साँचो पिता थिए ।

शब्द अनुवाद

Genesis 9:20

किसान

व्यक्ति जसले भोजनको निम्ति बोट बिरूवा उमार्छ

मात्तिए

"धेरै नै दाखमद्य पिए"

नाङ्गै

यस खण्डले नोआ मातेर पल्टिरहँदा तिनको शरिर कतिसम्म नाङ्गो थियो भनी उल्लेख गर्दैन । तिनका छोराहरूको प्रतिक्रियाले देखाउछ कि त्यो सर्मनाक थियो ।

शब्द अनुवाद

Genesis 9:22

आफ्ना पिता

यसले नोआलाई जनाउँछ ।

शब्द अनुवाद

Genesis 9:24

सामान्य जानकारी

पद २५-२७मा नोआले हामका छोरालाई श्राप र हामका दाजुहरूलाई आशिष् घोषणा गरिदिए । EN- लेखिए झै नोआले तिनीहरूको बारेमा भनेको कुरा तिनीहरूका सन्तानलाई पनि लागू हुन्छ ।

सामान्य जानकारी

यी पदहरूमा भएका वैकल्पिक वाक्यांशहरू यो कविता हो भनेर देखाउन लेखिएका हुन् । तपाईंले सक्नुहुन्छ भने, तपाईंको पाठकलाई यो कविता हो भनेर देखाउन यहाँ लेखिए जसरी यी पदहरूलाई लेख्‍नुहोस् ।

आफ्नो मद्यको लतबाट उठे

तिनी मद्य पिएर मातेपछिको अवस्थाबाट उठे । "होशमा आए"

तिनका कान्छा छोरा

यसले हामलाई जनाउँछ । अर्को अनुवाद‍ः "तिनको कान्छा छोरा, हाम ।"

श्रापित होस् कनान

"म कनानलाई श्राप दिन्छु।" वा "कनानलाई नराम्रा कुराहरू भएकोहोस् ।"

कनान

यिनी हामका छोराहरू मध्ये एक थिए । अर्को अनुवाद‍ः "हामको छोरा कनान"

आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा

"उनका दाजुहरूको तल्लो कमारा" वा "उनका दाजुहरूको सबैभन्दा कम महत्त्वपूर्ण कमारा"

आफ्ना दाजुहरू

यसले कि कनानका दाजुहरूलाई अथवा सामान्य रूपमा उनका आफन्तलाई जनाउन सक्छ ।

शब्द अनुवाद

Genesis 9:26

सामान्य जानकारी

यदि तपाईं सक्नुहुन्छ भने, यो कविता हो भनेर आफ्नो पाठकलाई देखाउन यहाँ लेखिए जस्तै यी पदहरूलाई त्यही ढाँचामा लेख्‍नुहोस् ।

शेमका परमेश्‍वर यहोवे धन्यका होऊन्

"शेमका परमेश्‍वर यहोवेको प्रशंसा होस् ।" वा "शेमका परमेश्‍वर यहोवे प्रशंसाको योग्य हुनुहुन्छ ।" अथवा "म शेमका परमेश्‍वर यहोवेको प्रशंसा गर्छु ।"(EN-UDB)

कनान त्यसको कमारो होस्

"र कनान शेमको कमारा भएको होस् ।" यसले कनान र शेमका सन्तानलाई समावेश गर्छ ।

परमेश्‍वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस्

सम्भावित अर्थहरू हुन् १) "परमेश्‍वरले येपेतको क्षेत्रलाई ठूलो बनाउनुभएको होस् ।" (EN-UDB) वा २) "परमेश्‍वरले येपेतलाई धेरै सन्तान हुने बनााउनुभएको होस् ।"

त्यसले शेमका पालहरूमा बास गरून्

"त्यो शेमसँग शान्तिसित जाऊन्।" यसले येपेत र शेमका सन्तानलाई समावेश गर्छ ।

कनान त्यसका कमारा होस्

"कनान येपेतको कमारा भएको होस् ।" यसले कनान र येपेतका सन्तानलाई समावेश गर्छ ।

शब्द अनुवाद