1
त्यस जीवनको वचनको बारेमा—जुन सुरुदेखि थियो, जुन हामीले सुनेका छौं, जुन हामीले आफ्नै आँखाले देखेका छौं, जसमा हामीले हेरेका छौं र हाम्रा हातहरूले छोएका छन् ।
2
अनि जीवन प्रकट गरियो, र हामीले यसलाई देखेका छौं, र यसको गवाही दिन्छौं । हामी तिमीहरूलाई अनन्त जीवन घोषणा गर्दैछौं, जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको छ ।
3
जुन हामीले देखेका र सुनेका छौं, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग हुन्छ ।
4
साथै, हाम्रो आनन्द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं ।
15
हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्दैछौंः परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कुनै अन्धकार छैन ।
6
हामीले उहाँसँग सङ्गति गर्छौं भनी भन्छौं र अन्धकारमा हिंड्छौं भने, हामीले झुट बोलिरहेका छौं र सत्यता अभ्यास गरिरहेका छैनौं ।
7
तर उहाँ ज्योतिमा हुनुभएझैं हामी ज्योतिमा हिंड्छौं भने, हाम्रो एक अर्कासँग सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।
8
यदि हामीले हामीसँग पाप छैन भन्छौं भने, हामीले आफैंलाई धोका दिइरहेका हुन्छौं, र हामीसँग सत्य हुँदैन ।
9
तर यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।
10
यदि हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन ।
1केही महत्वपूर्ण प्राचीन ग्रीक प्रतिलिपिहरूमा
र तिमीहरूको आनन्द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं
छ ।